काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको हिजो बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १३ दशमलव ३० प्रतिशतले हुन् आउने १० करोड ६० लाख ५१ हजार १ सय ३२ रुपैयाँ ६९ पैसा बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि ० दशमलव ७० प्रतिशतले हुन आउने ५५ लाख ८१ हजार ६ सय ३८ रुपैयाँ ५६ पैसा नगद गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको उक्त प्रस्तावि लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।