काठमाडौं । लक्ष्मी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजन तथा लाभांश प्रयोजनका लागि मंसिर २४ गते बुक क्लोज गर्नेछ । त्यसकारण आज मंसिर २३ गतेसम्म कायम शेयरधनीहले प्रस्तावित लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।
बैंकले पुस ८ गते २१ औ वार्षिक साधारणसभा डाकेको छ । बैंकले अग्रवाल भवन कमलपोखरीबाट साभारणसभा आयोजना गर्ने भएको हो । साभारणसभा कोभिड १९ को जोखिमलाई ध्यानमा राख्दै जुम मार्फत शेयरधनीहरुलाई जोड्ने बैंकले जनाएको छ ।
सभाले सञ्चालक समितिबाट यस अगाडी प्रस्ताव गरेको ८ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ३ दशमलव ५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक लेखापरीक्षण प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको छ । सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था सँग मर्जरमा जाने आवस्यक प्रकृयाँ आवश्यक प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पेश गर्ने भएको छ ।