Connect IPS
IME Life

दुई हाइड्रोपावरले आइपीओ निष्काशनका लागि बोर्डमा दिए निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेड र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सुपरमाई हाइड्रोपावरले सर्वसाधारण तथा स्थानियका लागि आइपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले सर्वसाधारणमा १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशन गर्नका लागि मंसिर २० गते बोर्डमा निवेदन दिएको हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले इलाम जिल्लामा ७ दशमलव ८ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

Prabhu
Crest

त्यस्तै, साञ्जेन जलविद्युतले स्थानियका लागि आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो । साञ्जेन जलविद्युतले ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशनका लागि निवेदन दिएको छ ।

कम्पनीले पनि बोर्डमा मंसिर २० गते नै निवेदन दिएको हो । साञ्जेन जलविद्युतको आईपीओ विक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ । कम्पनीले रसुवा जिल्लामा सो कम्पनीले १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS