काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले कार्तिक १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ६० प्रतिशत नगद लाभांश कर सहित खातामा पठाउनका लागि बैंक खाता अद्यावधिक गर्न आफ्ना शेयरधनीलाई आग्रह गरेको हो ।
कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्र शेयरधनीको बैंक खातामा नै नगद लाभांश जम्मा हुने कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।
कम्पनीले हालसम्म पनि शेयर भौतिक रुपमा राखेका शेयरधनीलाई यथाशिघ्र शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।