Connect IPS
IME Life

राष्ट्रिय वाणिज्य बैंक र ई-सेवामनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ई-सेवामनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका हुन् ।

विदेशबाट ई-सेवामनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरुबाट भुक्तानी लिन सकिनेछ । विदेशमा रहेका नेपालीहरुले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पैसा पठाउन सक्नेछन् । ईसेवामनी ट्रान्सफरको सेवा उपभोग गर्न बैंकका खाता ग्राहीहरुले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप आरबिबि स्मार्ट डाउनलोड गर्नु पर्ने हुन्छ ।

Prabhu
Crest

मुलुकभरी तथा संसारका २ सय बढी मुलुकमा व्यापक रुपमा कारोवार विस्तार गरिरहेको रेमिट कम्पनी, ईसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक मध्येको एक राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामाप्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु पवन रेग्मी, विनयरमण पौडेल, आनन्द सुवेदी, ईसेवामनी ट्रान्सफरका महाप्रबन्धक सागर खनाल, कम्प्लायन्स प्रमुख ईन्द्र वस्नेत लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

हालसम्म बैंकले सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS