काठमाडौं । सामुदायिक लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै यस्तो जनाएको छ । कम्पनीको आज बुधबार बसेको संचालक समितिको बैठकले वित्तीय विवरण, नाफा, नोक्सान, हिसाव , वासलात नगद प्रवाह लगायतका अनुसूचिहरु पारित गरे स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/ ७७ को नाफाबाट पनि शेयरधनीलाई कुनै पनि लाभांश वितरण गरेको थिएन भने यस आर्थिक वर्ष पनि शेयरधनीलाई निराश बनाएको छ ।