काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको हिजो मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउने २१ करोड ८९ लाख ३१ हजार ७ सय ३७ रुपैयाँ ५० रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी ७ प्रतिशतले हुन आउने ४ करोड ३७ लाख ८६ हजार ३ सय ४७ रुपैयाँ ५० पैसा नगद गरि कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।