काठमाडौं । नेप्सेले प्राइम कमर्सियल बैंक लिमिटेडको बोनश शेयर पछिको मूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थका लागि हिजो बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले १६ प्रतिशत बोनश शेयरको मुल्य समायोजन गरी ३८१ रुपैयाँ ९० पैसा कायम गरेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् मंगलवार कायम अन्तिम शेयर मूल्य ४४३ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।