काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाई मूल्य समायोजन गरेको छ । फण्डले प्रतिफल वितरण प्रयोजनका लागि हिजो बुक क्लोज गरेसँगै आज नेप्सेले फण्डको इकाई मुल्य समायोजन गरेको हो ।
हिजो मंगलवार कायम कोषको अन्तिम इकाई मूल्य २० रूपैयाँ ८८ पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १० रूपैयाँ ८८ पैसा कायम गरेको हो ।
फण्डले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई कर सहित शत प्रतिशत प्रतिफल वितरणको प्रस्ताव गरेको छ ।