काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३७ दशमलव १८ अंकले घटेको छ । आज परिसूचक ३७ अकले घटेर २,५३० दशमलव ९० को विन्दुमा कायम भएको छ । सुरुमा बढदै आएको बजार बन्द हुँदा घटेको हो । आज २६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६० वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २३१ वटा कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको कारोबार भएको छ । बैंकको १२ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको बुक क्लोज पनि भएको हो । आज कम्पनीको शेयर मुल्य ४४३ रुपैयाँ रहेको छ ।
त्यस्तै,महालक्ष्मी विकास बैंकको ११ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्स कम्पनीको ११ करोडको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १० करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको शेयर मुल्य आज ४४५ रुपैयाँ रहेको छ ।
त्यसैगरी आज सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्ड दुईका इकाईधनीले कमाएका छन् । फण्डका इकाईधनीले ४ दशमलव ६५ प्रतिशतका दरले कमाउका हुन् । लक्ष्मी इक्यिुटी फण्डका इकाईधनीले ४ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् । एनआइविएल प्रगति फण्डका इकाईधनीले ३ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनीका लगानप्कर्ताले गुमाएका छन् । कम्पनीका लगानकिर्ताले ७ दशमलव ६५ प्रतिशतका दरले गुमाएका हुन् ।