काठमाडौं । नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्तको लाभांश स्वीकृत गरेको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतले हुन् आउने ३१ करोड २८ लाख ८२ हजार ७ सय ४५ रुपैयाँ २५ पैसा बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि १ दशमलव ३१५ प्रतिशत गरि कुल २६ दशमलव ३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो ।
अब कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउनेछन् ।