काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । लघुवित्तको कात्तिक १६ गते बसेको ६६ औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७ /७८ को नाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको बोनश शेयर दिने प्रस्ताव गरेको थियो। सोही प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको हो ।
अब उक्त लाभांश लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात शेयरधनीहरुले पाउनेछन् ।