काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर २,५४६ दशमलव ०९ को विन्दुमा कायम भएको छ । आज १५७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने २५ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् ।
आज २२७ वटा कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको १७ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको १५ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १४ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको १४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १३ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन् । साहस उर्जाका लगानीकर्ताले ८ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । महुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।