काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १ हजार ४९४ कित्ता संस्थापक शेयर कात्तिक १६ गतेदेखि लिलामीमा ल्याएको हो । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
ईच्छुक आवेदकले सोमवार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
आवेदकले शेयर बोलकबोल गर्दा न्यूनतम ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।