Connect IPS
IME Life

१२औं बार्षिकोत्सवको अवसरमा रिलायन्स फाइनान्सद्धारा विद्यालयलाई सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स फाइनान्सले रामेश्वरी मा.विलाई सहयोग गरेको छ । रिलायन्स फाइनान्सको १२औ बार्षिक उत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ । सोही अवसरमा कम्पनीले संस्थाको सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत पोखरा शाखाले पोखरा १४ मजेरीपाटन स्थित रामेश्वरी मा.विलाई खेलकुद तथा शैक्षिक सामाग्रि वितरण गरेको हो ।

सामजिक, आर्थिक रूपले विपन्न गरिब तथा जेहेन्दार बालबालिकाहरुको पठन पाठनमा सहज होस भन्ने उद्देश्यका लागि विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री तथा विधालयलाई फनिर्चर तथा खेलकुदका सामाग्री वितरण गरिएको पोखरा शाखाका शाखा प्रमुख प्रकाश पौडेलले बताए ।

Prabhu
Crest

पौडेलले नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास व्यक्त गरेका छन।

कार्यक्रमा विघालयका प्र.अ पुर्ण दिप सुवेदीले सामुदायीक विद्यालयलाई सहयोग गरेकोमा खुसि प्रकट गदै यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने तथा अब आउने निकट भविष्यमा संस्थाले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्न सुझाव दिएका छन् ।

कार्यक्रमा रिलायन्स फाइनान्स पोखरा शाखाका रिलेसनसिप म्यानेजर सुदिप सापकोटाले कार्यक्रम गर्नुको उधश्यलाई प्रप्ट पादै निकट भविष्यमा विधालयलाई थप सहयोग तथा वित्तिय साक्षरता कार्यक्रम गर्ने जानकारी गराएका छन् ।

कम्पनीले हाल देशभर २१ वटा शाखा कार्यालयबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु लगायतका बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS