काठमाडौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक शेयर(आईपीओ) निष्काशन तथा विक्रीका लागि प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।
कम्पनीले ९६ लाख कित्ता शेयरको ९६ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर निष्काशन गर्ने छ ।
उक्त कम्पनीको शेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रवार लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध सञ्चालक केशव वहादुर रायमाझीले हस्ताक्षर गरेका छन् ।
कम्पनीको आईपीओ निश्काशन तथा विक्री प्रवन्धकमा भने सानिमा क्यापिटल रहेको छ । सम्झौतापत्र आदान प्रदान कार्यक्रममा कोषको तर्फबाट विभागिय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायण प्रसाद घिमिरे लगायतको सहभागिता रहेको थियो ।