काठमाडौं । नेपाल स्टक एक्सचेन्जले तीन बैंक वित्तीय संस्थाको बुक क्लोज पछि मूल्य समायोजन गरेको छ । एभरेष्ट बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन भएको हो ।
एभरेष्ट बैंकको शेयर मूल्य समायोजन भएको ५५० रुपैयाँ कायम भएको छ । बिहीबार बैंकको शेयर मूल्य ५८३ रुपैयाँ थियो । बैंकले ६ प्रतिशत बोनश दिने भएको छ । हिजो बिहीबारसम्म शेयर खरिद गर्नेले उक्त लाभांश पाउन सक्ने छन् ।
त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको पनि मूल्य समायोजन भएर ४०३.८६ रुपैयाँ कायम भएको छ । बिहिबार बैंकको शेयर मूल्य ४४८ रुपैयाँ थियो । बैंकले १०.९३ प्रतिशत बोनश शेयर दिने भएको छ । बिहीबारसम्म शेयर खरिद गर्नेले बैंकको उक्त लाभांश पाउन सक्ने छन् ।
सबैको लघुवित्त वित्तीय संस्थाको पनि शेयर मूल्य समायोजन भएर १५०४ रुपैयाँ कायम भएको छ । संस्थाको बिहीबारको शेयर मूल्य १९७१ रुपैयाँ थियो । संस्थाले ३१.०५ प्रतिशत बोनश शेयर दिने भएको छ । बिहीबारसम्म कायम भएका शेयरधनीहरुले उक्त लाभांश पाउन सक्ने छन् ।