काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकले मंसिर २४ गते एक दिन शेयधनी दाखिल खारेज बन्द गर्ने भएको हो । बैंकले निष्काशन गर्न लागेको १०० प्रतिशत हकप्रद शेयर मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्ने छन् । बैंकले पुस ७ गतेदेखि पुस २७ गतेसम्म हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
हकप्रद शेयर निष्काशनका लागि गरिएको रेटिङ अनुसार यदि बैंकले समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने अवस्थामा ज्यादै उच्च जोखिम रहेको संकेत प्रदान गर्ने ‘इक्रा एनपि आइआर सि प्लस’ प्राप्त गरेको छ ।
बैंकको हालको चुक्ता पूँजी १३ करोड १२ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन पछि बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख रुपैयाँ पुग्नेछ ।