काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आम्रपाली व्याङ्केट भाटभटेनीमा सम्पन्न भएको उक्त साधारणसभाले १० प्रतिशत बोनश शेयर वितरणको विशेष प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । बोनश शेयर वितरण पछि अधिकृत, जारी र चुक्ता पूँजी बढ्ने भएकाले सोहि अनुसार प्रवन्धपत्र र नियमावली संसोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
संस्थाको चुक्ता पूँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँ थियो । आज सभाले पारित गरेको लाभांश वितरण सँगै ९६ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।