Connect IPS
IME Life

आजदेखि गरिमा विकास बैंकको १० लाख कित्ता ऋणपत्र विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आजदेखि गरिमा विकास बैंक लिमिटेडको ऋणपत्र निष्काशन हुने भएको छ । कपनीले ७ वर्षे अवधिको ‘८ दशमलव ७५ प्रतिशत गरिमा डिबेन्चर २०८५’ निष्काशन तथा विक्री खुला गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने बैंकले जनाएको छ । सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

Prabhu
Crest

कम्पनीलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ ।

उक्त ऋणपत्रमा छिटोमा मंसिर २० गतेसम्ममा आवेदन दिन सकिनेछ । अवधिसम्ममा पूर्ण आवेदन नपरेमा पुस १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्रमा आवेदकहरुले नेपाल धितोपत्र बोर्डबाट इजजातपत्र प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS