काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको लाभांशप्रस्ताव गरेको छ। फाइनान्सको हिजो १४ गते बसेको ३१०औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७/०७८ बाट आफ्ना आफ्ना शेयरधनिहरुलाई वितरण गर्ने लाभाश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ दशमलव ७० प्रतिशतले हुन आउने ६ करोड ८५ लाख रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ३ दशमलव ३० प्रतिशतले हुन आउने २ करोड ९३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछन् ।