काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले सत प्रतिशत लाभांश दिने प्रस्ताव सहित साधारणसभा डाकेको छ । क्यापिटलले पुस ९ गते शुक्रवार १४ औ वार्षिक साधारणसभा आयोजना गरेको छ । साधारणसभामा हालको चुक्ता पूँजीको ७० प्रतिशत बोनश शेयर र ३० प्रतिशत नगद लाभांश सहित १०० प्रतिशत लाभांश पारितका लागि पेश गर्ने भएको छ ।
क्यापिटलको हालको चुक्ता पूँजी २१ करोड ५० लाख रुपैयाँ रहेको छ । प्रस्तावित ७० प्रतिशत बोनश शेयर वितरण पछि क्यापिटलको चुक्ता पूँजी ३६ करोड ५५ लाख रुपैयाँ पुग्नेछ ।