काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर १६ गते एक दिन बुक क्लोज गर्ने छ । बुक क्लोजको आधारमा आज मंसिर १५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थालले चौथो वार्षिक साधारण सभा मंसिर २२ गते गर्ने भएको छ । कम्पनीले हिमालय दृश्य होटल, धुलिखेल, काभ्रेमा बिहान १०ः३० बजे सभा गर्ने जनाएको छ । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ४७ दशमलव ५ प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण समूहबाट दुई जना सञ्चाकको निर्वाचन, गरी नियुक्ति गर्ने, अन्य कुनै लघुवित्तसँग गाभ्ने गाभिने सम्बन्धी प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।