काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आएका गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्त्तता वापत ५ लाख रुपैयाँको बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकले उक्त खातावाहक खत्रीको दुर्घटनामा परी पूर्ण रुपमा अशक्त्तता भएकाले सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी उक्त रकम हस्तान्तरण गरेको हो ।
बैंकको लुम्बिनी प्रदेशको नेपालगंज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक गोपाल खत्रीलाई हस्तान्तरण गरेका हुन् ।
हालसम्म बैंकले ९१ शाखा कार्यालयहरु, ८२ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।