काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय भएको छ । गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई कर सहित शत प्रतिशत प्रतिफल वितरणको प्रस्ताव गरेको छ ।
सोही प्रयोजनका लागि योजनाले मंसिर २२ गते एक दिनबुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २१ गतेसम्म कायम इकाईधनीहरुले मात्र योजनाको प्रस्तावित प्रतिफल प्राप्त गर्नेछन् ।