काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले २५.२८ प्रतिशत बोनश शेयर दिने घोषणा गरेको छ । संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको २५.२८५३१६ प्रतिशत बोनश शेयर प्रस्ताव गरेको हो ।
हाल संस्थाको चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनश शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी ४९ करोड ४० लाख रुपैयाँ पुग्नेछ । प्रस्तवित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभा बोलाउन पाउने छ ।