काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोडमा निवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरको कुल २० लाख कित्ता आईपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।
शेयर निष्काशन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा गत कात्तिक २९ गते निवेदन दिएको हो ।
कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिका वडा नं१ मा अवस्थित १३ मेगावाट विद्युत उत्पादन गरिरहेको छ ।