काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २१ अंकले घटेको छ । आज ६० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १२२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । समलिङ पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, सानिमा लार्ज क्याप फण्डका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् । कालिका पावर कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।