काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १८ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनी तोयानाथ चालिसेको नाममा रहेको ८ हजार कित्ता, रुद्र प्रसाद शर्माको नाममा रहेको ६ हजार कित्ता र कृष्ण काजी के.सीको नाममा रहेको ४ हजार कित्ता शेयर विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।
उक्त शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक संस्थाका हाल कायम संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा १०, कास्कीमा लिखित निवेदन पेश गर्न आग्रह गरेको छ ।
संस्थाले तोकिएको ३५ दिनभित्र शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।