काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको साधारण शेयर (आईपीओ) को रेटिङ सम्पन्न भएको छ । कम्पनीको आइपीओलाई इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बीबी रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।
कम्पनीले कास्कीको मादी गाउँपालिकामा ४४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीले साढे ३१ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ । कम्पनीले आईपीओ प्रथम चरणमा आयोजना प्रभावित स्थानीय र त्यसपछि सर्वसाधारणका लागि निष्काशन गर्ने छ । कम्पनीले शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ ।