IME Life New

बीमा समितिको निर्देशन विरुद्ध बीमकहरु संस्थागतरुपमै विरोधमा उत्रिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाण्डौं । स्वदेशी पूनर्बीमकसँग नै शत प्रतिशत पूनर्बीमा सम्झौता गर्नुपर्ने बीमा समितिको विवादास्पद निर्देशनविरुद्ध नेपाल बीमक संघ र जीवन बीमक संघ संस्थागतरुपमै विरोधमा उत्रिने भएका छन् ।

बीमा समितिको संचालक समितिले पूनर्बीमा मार्फत् बाहिरिने ठूलो रकम स्वदेशमै रोकेर व्यापार घाटा नियन्त्रण गर्ने बहानामा पुरै बीमा क्षेत्रलाई नै जोखिममा धकेल्ने मुख्र्याइँपूर्ण निर्णय गरेको भन्दै चर्को आलोचना भइरहेको छ । बीमा समितले बिहीबार चार बुँदे निर्देशन जारी गर्दै देशमा संचालनमा रहेका १९ जीवन बीमक र २० वटा निर्जीवन बीमकलाई दुईवटा पूनर्बीमकको बन्दीको हैसियतमा पु¥याउने चेष्टा गरेको छ । समितिले जारी गरेको निर्देशनमा स्वदेशी पूनर्बीमकले कुनै जोखिमको पूनर्बीमा समर्थन अस्वीकारेको प्रमाण पेश गरेमात्र विदेशी पूनर्बीमकसँग सम्झौता गर्न सकिने प्रावधान तोकेको छ । यसको अर्थ यहाँका बीमकको कुनै वा सबै जोखिममा साझेदारी गर्न अस्वीकृत गर्दै स्वदेशी पूनर्बीमकले लिखितरुपमा सोबारे जानकारी दिएन भने सम्बन्धित बीमकको कारोबार नै ठप्प हुनेछ ।

Crest

पूनर्बीमामार्फत् बाहिरिने रकम मात्र देख्ने, तर दाबीवापत वर्षेनी कति रकम भित्रिन्छ भन्ने पाटोलाई पुरै बेवास्ता गर्ने? नेपाल बीमक संघका एकजना पदाधिकारीले बीमा समितिको निर्णय मुलुककै लागि आत्मघाति भएको टिप्पणी गर्दै भने,जुन निर्देशन आएको छ, बीमा क्षेत्रको संवेदनशीलतालाई बिल्कुलै नबुझ्नेहरुले गरे झैं बिल्कुलै हास्याँस्पद निर्णय हो । निर्जीवन बीमकहरुको छाता संस्था नेपाल बीमक संघको महासचिव चंकी क्षेत्रीले बीमा समितिको निर्देशनले निर्जीवन बीमकलाई गम्भीर बनाएको प्रतिकृया दिए । उनले भने, यो निकै गम्भीर र दूरगामी असर पार्ने विषय हो, यसबारे संघले संस्थागतरुपमै निर्णय गर्नेछ ।

बीमा समितिको बाध्यकारी निर्देशनको विषयमा बीमक संघले आइतबार दिउँसो पदाधिकारीहरुको बैठक डाँकेको छ । संचालनमा आएको आठ वर्ष पुग्दा समेत नेपाल पूनर्बीमा कम्पनीले अझै पनि अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीबाट रेटिङ गराउन सकेको छैन । कोरोना बीमाको पूनर्बीमावापतको दाबी रकमको भारले नै समस्यामा परेको छ । जम्मा सात अर्ब चुक्ता पूँजी लिएर भर्खरै आएको नयाँ कम्पनीको कार्य क्षमता हेर्न र मूल्यांकन गर्न बाँकी नै छ । स्वदेशी स्वदेशी भनेर रटान लगाउँदै गर्दा स्वदेशी पूनर्बीमक कम्पनीको ब्याक–अप(वित्तीय जोखिम बहन क्षमता) कति छ?  जीवन बीमक संघ नेपालका एक पदाधिकारीले भने, यो मुर्खतापूर्ण निर्णयले भोलि कुनै ठूलो दुर्घटना भयो भने यसको जिम्मेवारी कसले लिने ?

नेपाल पूनर्बीमाले अन्तर्राष्ट्रिय बीमा क्षेत्रमा कतिको विश्वसनीयता कमाउन सकेको छ? जीवन बीमा कम्पनीको एक प्रमुख कार्यकारी अधिकृतले भने, खुला अर्थतन्त्रको कुरा गर्ने, अनि प्रतिस्पर्धी बजारमा जान नै रोक लगाउने? विदेशी पूनर्बीमकहरुले नेपालमा नियामक निकायले नै जोखिमको पाटोलाई पुरै बेवास्ता गर्दै दूरगामी असर पार्ने निर्णय गरेकोमा अवश्य पनि आश्चर्य मान्नेछन्, बीमक संघका अर्का एक पदाधिकारीले भने, बीमा अति संवेदनशील छ, यहाँ निश्चित समूहको स्वार्थपूर्तीको लागी जे पायो त्यही निर्णय गर्न पाइदैन ।

बीमा सेवा पूर्णतः प्राविधिक विषय भएकाले यहाँका बीमकले ख्याती प्राप्त अन्तर्राष्ट्रिय पूनर्बीमकहरु हनोभर रि, स्कर से, ट्रष्ट रि, जनरल इन्स्योरेन्सलगायतबाट पूनर्बीमा समर्थन मात्र नभएर प्राविधिक विशेषज्ञता समेत प्राप्त गरिरहेका छन् । नयाँ कुरा सिक्ने, अन्तर्राष्ट्रिय अभ्यास बुझ्ने अवसर पनि प्राप्त गरिरहेका छन् । स्वदेशी पूनर्बीमकहरु प्राविधिक विशेषज्ञता निक्कै कमजोर छ । ताजा अन्तर्राष्ट्रिय अभ्यासहरुबारे अनविज्ञ छन् ।

सीमित सूचना, बासी तथ्यांकलगायतको कारणले विश्व अर्थतन्त्र वा पर्यावरणीय परिवर्तनको कारणले पार्न सक्ने प्रभावबारे आंकलन गर्न सक्ने क्षमताको अभाव छ । बीमा समितिको प्रवक्ता तथा कार्यकारी निर्देशक राजु रमण पौडेलले समितिको निर्देशनको बचाउ गर्दै भने, हामीले स्वदेशी पूँजीलार्ई देशभित्रै रोक्नुपर्छ भन्ने मूल उद्देश्यले स्वदेशी पूनर्बीमक सम्बन्धमा यो निर्देशन गरेका छौं । स्वदेशी पूनर्बीमा कम्पनीको क्षमताले भ्याएसम्म नेपालमै पूनर्बीमा गर्नुपर्छ भन्ने हाम्रो भावना हो । उनले यस्तो निर्णय गर्नुअघि छिमेकी मुलुक भारत तथा बंगलादेशको पूनर्बीमा अभ्यास समेत अध्ययन गरिएको जिकीर गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS