काठमाडौं । सिटिजन्स बैंकले १५ हजार ६७३ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी प्रेमकुमारी थापाको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ । शेयरको मूल्य प्रतिकित्ता २०५ रुपैयाँमा विक्री गर्न लागेको बैंकले जनाएको छ ।
उक्त शेयर खरीद गर्न ईच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्न आग्रह गरेको हो ।
बैंकले तोकको उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्न लागिएको कम्पनीले जनाउको छ ।