Connect IPS
IME Life

सञ्चार प्रतिष्ठान र पर्यटन बोर्ड खारेज गर्ने प्रदेश सरकारको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance
विराटनगर। प्रदेश १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले नियुक्त गरेका प्रतिष्ठान र बोर्ड खारेज गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गर्ने नियमावलीलाई स्वीकृति प्रदान गरेको छ । यो निर्णयसँगै पर्यटन बोर्डका उपाध्यक्ष फणीन्द्र अधिकारीसहित अन्य सदस्य पद मुक्त भएका छन् ।

भीम आचार्य नेतृत्वको सरकारले अधिकारीलाई उपाध्यक्ष र सदस्यमा देवी गौतम, भीमराज राई, उमेश घिमिरे, प्रेरणा थापा, इन्दिरा श्रेष्ठलाई नियुक्त गरेको थियो । यसैगरी सोही बैठकले प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ तथा सो अन्तरगत गठन भएको प्रादेशिक सञ्चार प्रतिष्ठानसमेत खारेज गर्ने निर्णय गरेको छ ।

Prabhu
Crest

बैठकले प्रतिष्ठानको चल अचल सम्पत्ति अधिकार र दायित्व आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हुने निर्णयसमेत गरेको छ । प्रतिष्ठान खारेज भएसँगै कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा सहित सबै सदस्यहरू पदमुक्त भएका छन् ।

बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली तयारीका लागि आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानु मन्त्री केदार कार्कीले जानकारी दिए । खेलकुद विकास बोर्ड तथा श्रम सल्लाकार भने प्रदेश सरकारले खारेज गरेको छैन । हिजो मात्रै खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले सरकारले हटाए कानुनी लडाइँमा जाने बताएका थिए । न्युज कारखाना

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS