काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ८२ प्रतिशतले बढेर २,७३४ दशमलव९४ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् कम्पनीका लगानीकर्ताले २ दशमलव ५५ प्रतिशतका दरले गुमाएका छन् ।