Connect IPS
IME Life

मंसिर १६ गतेदेखि गरिमा विकास बैंकले १० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ७ वर्षे अवधिको ‘८ दशमलव ७५ प्रतिशत गरिमा डिबेन्चर २०८५’ निष्काशन तथा विक्री खुला गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने बैंकले जनाएको छ । सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

Prabhu
Crest

उक्त ऋणपत्र खरीदका लागि छिटोमा मंसिर २० गतेसम्ममा आवेदन दिन सकिनेछ भने उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा पुस १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

आवेदकले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS