Connect IPS
IME Life

प्रभु ऐश्वर्य योजना लगानी व्यवस्थापन सेवा अन्तर्गत प्रभु क्यापिटल र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच नेपालमा ब्रेष्ट क्यान्सर न्यूनीकरणका लागी सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार प्रभु क्यापिटलले नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनसँग “दि पिंक रिबन क्याम्पेन” सञ्चालन गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहकार्य गर्नेछ । सम्झौतामा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनका तर्फबाट डा. सुजिता हिराचनले हस्ताक्षर गरेका हुन् । नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसन नेपालमा ब्रेष्ट क्यान्सर सम्बन्धी रोगको न्यूनीकरणका लागि कार्यरत गैरमुनाफामुखी संस्था हो ।

Prabhu
Crest

यसले ब्रेष्ट क्यान्सर न्यूनीकरणका लागि विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । फाउण्डेसनले ब्रेष्ट क्यान्सर न्यूनीकरण तथा चेतना अभिवृद्धिका लागि ‘वेयर दि पिंक रिबन क्याम्पेन’, ‘पिंक रिबन वाक’, ‘पिंक रिबन फ्लास मोब’, ‘ब्रेष्ट क्यान्सर स्क्रिनिङ्ग मेडिकल क्याम्प’, लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

सम्झौता अन्तर्गत प्रभु क्यापिटलले प्रभु ऐश्वर्य लगानी व्यवस्थापन योजनामा ग्राहकको लगानी व्यवस्थापनगरी क्यापिटलले आफूले प्राप्त गरेको आम्दानीबाट फाउण्डेसनलाई सहयोग गर्नेछ । प्रभु ऐश्वर्य लगानी व्यवस्थापन योजना महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी उनिहरुको आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पुर्याउने उद्देश्यका साथ शुरु गरिएको योजना हो । यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले वार्षिक व्यवस्थापन शुल्कमा ५० प्रतिशत छुट साथै न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्ने छन् ।

यो योजनाका विशेषताहरु निम्नानुसार रहेको छः

  • न्यूनतम लगानी अवधिः १ वर्ष
  • हर्डल रेटः ८ प्रतिशत
  • वार्षिक व्यवस्थापन शुल्क (एएमसी) १ प्रतिशत ( ५० प्रतिशत छुट पछि )
  • मुनाफामा लाग्ने शुल्कः २० प्रतिशत
  • लक इन अवधिः १ वर्ष
  • लक इन अवधि अगावै योजना बन्द शुल्कः ३ प्रतिशत
  • नाफा वितरणः न्यूनतम लगानी अवधि पश्चात
  • क्यापिटलले प्राप्त गरेको आम्दानीबाट फाउण्डेसनलाई आर्थिक सहयोग

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यो योजनामा सहभागी हुन सकिनेछ । यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS