Connect IPS
IME Life

सिटि होटेलले आइपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटि होटेलले सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने भएको छ । होटेलले जारी पूँजीको १० प्रतिशतकाका दरले प्राथमिक शेयर जारी गर्ने भएको हो । प्राथमिक शेयर निष्काशनका लागि होटेलले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

Prabhu
Crest

कम्पनीका कार्यकारी निर्देशक अक्षाय गोल्याणको उपस्थितिमा सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष शक्ति कुमार गोल्याण र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।

यस कम्पनीले कार्तिक १५ गतेबाट सोल्टिमोड, काठमाडौँमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्याण ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्यमी व्यापारी वर्गहरुको लगानी रहेको छ । १५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।

अमेरिकामा रहेको Hyatt Hotels Corporation को चेन ब्राण्डको रुपमा विश्वका विभिन्न देशहरुमा १,००० ओटा भन्दा बढि अन्तराष्ट्रिय स्तरको ह्यात होटलहरु स्थापना भइ सञ्चालन भइरहेका छन् । सोहि अन्तराष्ट्रिय ब्राण्डको रुपमा ह्यात प्लेस सोल्टिमोडमा पाँच तारे होटलको रुपमा विश्वस्तरीय सुविधाहरु सहित सञ्चालनमा आएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS