Connect IPS
IME Life

नेप्से परिसूचक ३२ अंकले घट्दा अन्य बाहेक सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३२ दशमलव २९ अंकले घटेर २,७३३ दशमलव १४ को विन्दुमा कायम भएको छ । आज अन्य बाहेक सबै उपसूचक घटेका छन् । आज १४ वटा कम्पनकिो शेयर मुल्य बढेको छ भने १७१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२७ वटा कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको ४१करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको १२ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको १० करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको ९ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मानुषि लघुवित्तका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, नेपाल टेलिकमका लगानकिर्ताले २ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्तका लगानकिर्ताले २ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानकिर्ताले १ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनीका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ८४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS