काठमाडौं । एनआईबिएल एस क्यापिटलले ई-सेवामार्फत एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । कम्पनीले आफ्नो ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरेको हो । कम्पनीले मङ्सिर ६ गतेदेखि यस सुविधा शुरु गरेको जनाएको छ ।
यस अघि एनआईबिएल सहभागिता फण्ड खरीदको लागि कनेक्ट आईपीएस, खल्ती, नेपाल इन्भेष्टबैंकको ई- बैंकिंगबाट भुक्तानी गर्न सकिने ब्यबस्था थियो ।
योजना व्यवस्थापक प्रबन्धक, एनआईबिएल एस क्यापिटलले लगानीकर्ताहरुलाई विना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको बताएको छ ।
थप जानकारीको लागि NIBL Ace Capital Ltd. को प्रमुख शाखामा सम्पर्क गर्न टेलिफोन नम्बर ०१४४२५२८० अथवा [email protected] मा ईमेल गर्न आग्रह गरेको छ ।