काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको आधारमा १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी १ प्रतिशत नगद लाभांश वितरण गर्ने गरेको थियो । उक्त प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गरेको हो ।
कम्पनीको उक्त लाभांशे आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।