काठमाडौं । सिटिजन्स बैंकले कमलादी, काठमाडौँबाट प्रिभिलेज बैंकिङ सेवाको शुभारम्भ गरेको छ । बैंकले यस अघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथबाट प्रिभिलेज काउन्टरमार्फत विशेष बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको थियो।
बैंकले छिटो छरितो , झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट पनि विशेष बैंकिङ्ग सेवा सुरु गरिएको बताएको छ।
सिटिजन्स बैंकले हाल १७४ शाखा, १२३ ए।टि।एम। र ११३ शाखा रहित बैंकिङ्ग ईकाईमार्फत सेवा दिँदै आएको छ ।