काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेप लगानी गर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै आफ्नो कम्पनीमा भएको लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा १ वर्ष अवधिका लागि लगानी गर्नुपर्ने भएकाले आफुले चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकेको कोटेशन सम्बन्धी फाराम भरी पठाउन आग्रह गरेको छ ।
ईच्छुक बैंक तथा वित्तीय संस्थाले मंसिर १२ गते भित्र गोप्य शिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । पेश गरिने प्रस्तावको मान्य अवधि एक महिनाको हुने समेत कम्पनीले जनाएको छ ।