Connect IPS
IME Life

नेप्से ७ अंकले बढ्यो, ३ अर्ब ९२ करोडको कारोबार हुँदा महालक्ष्मी विकास बैंकको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ७ दशमलव ९० अंकले बढेर २,७६५ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज ९४ वटा कम्पनीको मुल्य बढेको छ भने ८४ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज पाँच वटा उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२५ वटा कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज पनि सबैभन्दा धेरै महालक्ष्मी विकास बैंककै कारोबार भएको छ । बैंकको ३४ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको २९ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज अरुण कावेली पावरको १४ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १२ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै मानुषि लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९ दशमलव ७५ प्रतिशतका दरले कमाएका छन् । नविल प्रगति फण्डका इकाईधनीले ६ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् । खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ७० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS