Connect IPS
IME Life

नेपाल पुनर्बीमा कम्पनी सँग सिइओहरु आक्रोसित, ‘सर्भिस डेलभरी छैन डाइरेक्सेसनबाट मात्रै कति दिन चल्ने’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत शुक्रवार बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा बीमा समितिलाई संयुक्त रुपमा बोलाएर आयोजना गरेको छलफल कार्यक्रममा सिइओहरुले कम्पनीको सेवालाई लिएर आक्रोश पोखेका थिए ।

प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीले बीमा कम्पनीहरुले समयमा तथ्याङ्क नदिदा समस्या भएको भन्दै गुनासो गरेपछि अधिकाम्स सिइओहरुले कम्पनीको समस्या समाधानका लागि कुनै पनि पहल नगर्ने अनि तथ्याङ्क दिएन भन्न पाइन्छ भन्दै उल्टो प्रश्न गरेका थिए ।

Prabhu
Crest

नेपाल बीमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले रायमाझीलाई संकेत गर्दै कम्पनीहरुले तथ्याङ्क दिएनन् भनेर उनिहरुकै अगाडी गुनासो गर्नु जायज नभएको भन्दै जिम्मेवार हुन अनुरोध समेत गरेका थिए । उनले भने ‘यदि बीमा कम्पनीमा केहि समस्या छ भने आफ्ना प्रतिनिधिहरुलाई पठाएर समाधान गर्नु पर्छ होइन भने यसरी कम्पनीहरुलाई ठाडै आक्षेप लगाउनु उपयुक्त भएन ।’

सिइओ रायमाझीले कम्पनीहरुले समयमा तथ्याङ्क उपलब्ध नगराउदा बीमा समिति, नेपाल धितोपत्र बोर्ड, अर्थमन्त्रालयलाई रिपोर्टिङ गर्नलाई नै समस्या भएको बताएका थिए । जसले गर्दा आफ्नो प्रफमेन्स नै कमजोर भइरहेको उनको भनाइ थियो ।

कार्यक्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले सधै डाइरेक्सेसन लिएर मात्रै कहिलेसम्म चल्ने  यसको पनि एउटा लिमिट हुन्छ भन्दै प्रश्न गरेका थिए । कम्पनीले कहिले पनि मार्केटिङ नगर्ने, बीमा कम्पनीमा वर्षौसम्म नजाने तर कम्पनीहरुले तथ्याङ्क दिएनन् भनेर मात्रै व्यवसाय नहुने उनिहरुको भनाइ थियो । बीमा कम्पनीहरुले कयौ पटक नेपाल पुनर्बीमा कम्पनीलाई सुझाव दिने गरेको तर कहिले पनि कार्यान्यन गर्ने नगरेको भन्दै गुनासो समेत गरेका थिए ।

यसै क्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई दिदै आएको डाइरेक्सेसनलाई लिएर पनि आक्रोश पोखेका थिए । उनिहरुले आफ्नो सम्पुर्ण जोखिमको २० प्रतिशत डाइरेक्सेसन दिन नसकिने भन्दै कम्पनीले आफ्नो क्षमता अनुसार जोखिम बहन गरिसके पछि मात्रै बाँकी रहेको जोखिम हस्तान्तरण गर्ने समेत जनाएका थिए । कतिपय कम जोखिम युक्त व्यवसाय जुन बीमा कम्पनी आफैले बहन गर्न सक्छ । त्यस्तो जोखिमको पनि २० प्रतिशत व्यवसाय दिनु परेको भन्दै लामो समयदेखि उनिहरुले विरोध जनाउदै आएका छन् । नेपाल सरकारले नै सम्पुर्ण बीमा कम्पनीलाई आफ्नो जोखिमको २० प्रतिशत व्यवसाय दिनु पर्ने व्यवस्था गरिदिएको हुँदा उनिहरु बाध्य छन् ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले पनि नेपाल पुनर्बीमा कम्पनीलाई सिइओहरुको गुनासो तथा सुझावको कार्यान्वयन गर्न निर्देशन दिएका छन् । अहिले पुनर्बीमा व्यवसायका लागि दुई वटा कम्पनी भएकाले बीमा समितिले दुई कम्पनीलाई नीतिगत रुपमा फरक व्यवहार गर्न नमिल्ने भएकाले कम्पनीहरुको मन जितेर व्यवसाय गर्न समेत उनले अनुरोध गरेका थिए ।

अध्यक्ष सिलवालले पुनर्बीमाका लागि नेपालबाट वर्षेनी अर्बौ रुपैयाँ बाहिरिरहेको हुँदा दुई पुनर्बीमा कम्पनीले जति सक्दो जोखिम आफुले बहन गरेर बाँकी रहेको मात्रै विदेशी पुनर्बीमा कम्पनीमा पठाउनु पर्ने तर्क व्यक्त गरेका थिए । यसका लागि नेपाल पुनर्बीमाले आफ्नो क्षमता बढाउनुका साथै विशेषज्ञता बढाउनु पर्नेमा उनको जोड थियो ।

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेले पुनर्बीमाको विषयमा उच्च स्तरको अध्ययन समिति मार्फत अध्ययन गर्नका लागि रिसर्च एण्ड डेभलपमेन्ट कमिटीको घोषणा समेत गरेका छन् । उक्त समितिमा अध्यक्ष घिमिरेको संयोजकत्वमा बीमा समितिका निर्देशक सुशिलदेव सुवेदी, त्रिभुवन विश्व विद्यालयको व्यवस्थापन विभागका प्रा. डा. महानन्द चालिसे, एक्चुरियल साइन्सको तर्फबाट नारायण प्रसाद पहाडी, हिमालन इन्स्योरेन्सका सिइओ शुशिल बज्राचार्य, सिटिजन लाइफ इन्स्योरेन्सका सिइओ पोषक राज पौडेल तथा एक जना बीमा विज्ञ रहने गरी कमिटी गठन गरिएको छ । यस कमिटीको अध्ययनबाट प्राप्त सुझावलाई कार्यान्वयनमा ल्याइने घिमिरेले जानकारी गराएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS