लामो समयदेखि ठेकेदारले सडक कालाेपत्रे गर्ने भने पनि कामै नगरेपछि सडक बन्द गरेर आन्दोलन गर्नुपरेका महर्जनले बताए । लामो समयसम्म सडकमा ग्राइभेल राखेर छोडेपछि सडक खाल्टैखाल्टामा परीणत भएको छ ।
उनका अनुसार स्थानीयलाई बाँडेगाँउस्थित प्रहरी बृत्तबाट बार्ताका लागि बोलाइएको छ । स्थानीयबासी सल्लाह गरेर बार्तामा जाने तयारी भइरहेको छ ।
गोदावरी नगर १४ का वडाध्यक्ष जगतनाथ महर्जन कच्ची सडकमा धुलोधुवाँ उडेर सडक वरपरका बासिन्दा बस्नै नसक्ने अवस्था आएको र स्थानीयलाई सडक बन्न लागेको छ भनेर आफूले सम्झाउने अवस्था नरहेको बताउछन् । उनी भन्छन्, ‘खाल्टोका कारण धेरै मोटरसाइकल लडिसके । स्थानीयलाई सास्ती छ ।’ स्थानीय प्रशासन र मन्त्रालयसम्म ठेकेदारलाई छलफलमा ल्याउदा मंसिरसम्म बनाइसक्ने आश्वासन दिएको जानकारी दिँदै उनी भन्छन्,‘भोलिबाटै काम नगरे स्थानीयले अझैं केही दिनबन्द गर्ने बताएका छन् ।’
यो सडक सिएम कन्टक्सनले तथास्थितीमा कालोपत्र गर्न ठेक्का पाएको थियो । केही समयअघि गोदावरीको बाँडेगाँउदेखि वसपार्कसम्म १६ मिटर कालोपत्र भइसकेको छ । न्युज कारखाना