काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको ९ औं वार्षिक साधारण सभा मंसिर २८ गते हुने भएको छ । संस्थाको कात्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । सभा होटल पोखरा ग्राण्ड , पोखरा , कास्कीमा बिहान १० बजेबाट शुरु हुने कम्पनीले बताएको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजीको २८ प्रतिशत बोनश शेयर वितरण प्रस्ताव पारित गर्ने प्रस्ताव रहेको छ ।
सभाले आथिृक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह वितरण गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ ।
त्यसैगरी संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।