काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सभा भोलि मंसिर ५ गते हुँदैछ । सभा धरान ब्याक्वेट एण्ड इभेन्ट म्यानजमेण्ट प्राली धरानमा हुने भएको हो ।
सभाले कम्पनीले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफा वितरण गर्ने ५ दशमलव ४१ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।
सभाले संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहको दुई जना सञ्चालहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनीदर्ता पुस्तिका कात्तिक २३ गते (एक दिन) बन्द गरेको थियो । यस आधारमा कात्तिक २२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।