Connect IPS
IME Life

कार्तिक महिनामा बैंकहरुको निक्षेप ३५ अर्बले घट्दा कर्जा ३६ अर्बले बढ्यो, कुनको कति (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कार्तिक महिनामा बाणिज्य बैंकहरुको निक्षेप संकलन ३५ अर्ब ३१ करोड रुपैयाँले घटेको छ । जवकी यहि अवधिमा बैंकहरुको कर्जा विस्तार भने ३६ अर्ब १२ करोड रुपैयाँले बढेको छ ।

२७ बाणिज्य बैंकहरु मध्ये १९ वटाको निक्षेप खुम्चिएको छ भने ८ वटाको बढेको छ । कार्तिक महिनामा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको १३ अर्ब ८९ करोड रुपैयाँले निक्षेप घटेको छ । निक्षेप खोसा खोसमा सबैभन्दा अग्र स्थानमा रहने एनआइसी एशिया नेपाल राष्ट्र बैंकको कडाइ पछि केहि शान्त देखिएको हो । त्यस्तै राष्ट्रिय बाणिज्य बैंकको पनि एकै महिनामा १० अर्ब ३४ करोड रुपैयाँको निक्षेप घटेको छ ।

Prabhu
Crest

अधिकाम्स बाणिज्य बैंकहरुको निक्षेप घट्दै गर्दा हिमालयन बैंकको भने सर्वाधिक धेरै १४ अर्ब ६० करोड रुपैयाँले निक्षेप बढेको छ । त्यस्तै एनएमबी बैंकको ४ अर्ब ८७ करोड रुपैयाँले निक्षेप बढेको देखिन्छ ।

निक्षेप घट्दै गर्दा अधिकाम्स बैंकहरुले कर्जा विस्तारलाई भने निरन्तरता दिएको पाइन्छ । २७ बाणिज्य बैंकहरु मध्ये ९ वटाको कर्जा विस्तार घटेको देखिए पनि १८ वटा बाणिज्य बैंकहरुले भने थप कर्जा विस्तार गरेका छन् ।

यस अवधिमा सबैभन्दा धेरै कर्जा विस्तार गर्नेमा हिमालयन बैंक नै रहेको छ । निक्षेप बढाउनेमा सबैभन्दा अगाडी रहेको हिमालयको कर्जा विस्तार पनि सबैभन्द धेरै ६ अर्ब ७ करोड रुपैयाँ रहेको छ । सबैभन्दा धेरै कर्जा खुम्चिनेमा राष्ट्रिय बाणिज्य बैंकको २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।

बैंकिङ प्रणालीबाट निक्षेप घट्दै गर्दा कर्जा भने बढिरहेको छ । बैंकहरुले पछिल्लो समय नयाँ कर्जा प्रवाह गर्न सकेका छैनन् । अर्को तर्फ पुराना सहमति भएका कर्जा मात्रै प्रवाह गर्नु पर्ने बाध्यता छ । सिडी रेसियो ९० प्रतिशत नाघिसकेकोले बैंकहरु कर्जा प्रवाह गर्नै नसक्ने अवस्था पुगेका हुन् । कि त बैंकहरुले नयाँ निक्षेप भित्र्याउन सक्नुपर्छ होइन भने राष्ट्र बैंकले केहि नीतिगत व्यवस्था गरिदिएर सहजता प्रदान गर्नु पर्ने देखिन्छ ।

कार्तिक महिनामा बैंकहरुको निक्षेप तथा कर्जा लगानी र असोज महिना सँग तुलना 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS