काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा ङादी ग्रुप पावर कम्पनी लिमिटेडको ११ लाख ७८ हजार २२१ कित्ता शेयर सूचिकृत भएको हो भने ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १ लाख ९० हजार कित्ता शेयर सूचिकृत भएको छ ।
ग्रीन डेभलपमेण्ट बैंकको २०७७ चैत २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ८ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो भने ङादी ग्रुप पावरको २०७८ असोज ३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको २० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।
शेयर सूचिकृत भएसँगै अब बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।