Connect IPS
IME Life

नेपाल बंगलादेश बैंकमा ६ सञ्चालक निर्वाचित, आइएफआसीका प्रतिनिधि कायमै  

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बैंगलादेश बैंकले मंसिर २ गते सम्पन्न गरेको २७ औ वार्षिक साधारणसभाबाट ६ जना सञ्चालक निर्वाचित भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि सर्वसाधारण समुहबाट तीन जना र संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने तीन जना सहित ६ सञ्चालकको निर्वाचन भएको हो ।

निर्वाचनबाट संस्थापक समुहको तर्फबाट ए.आर.एम नजमुस शकिब, एम. शाह आलम सरवर तथा क्यामरुन नहर अहमद निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण समुहबाट इन्द्रबहादुर थापा, अमन शाह र योगिता दाहाल निर्वाचित भएका हुन् ।

Prabhu
Crest

बंगलादेशको आइएफआसीले बाहिरिने प्रकृयाँ सुरु गरे पनि कानुनी कारणले ढिलाइ भएकाले आफ्ना प्रतिनिधिलाई नै निरन्तरता दिएको छ । आइएफआसीको शेयरका लागि आवेदन दिने लगानीकर्ताको फिट एण्ड प्रपर टेष्ट अझै नेपाल राष्ट्र बैंकले सम्पन्न नगरेकाले पनि ढिलाइ भएको हो । शेयर बिक्री प्रकृयाँमा ढिला भए सँगै आइएफआसीका तीन जना प्रतिनिधिहरुको निरन्तरता भएको छ । त्यस्तै सर्वसाधारण समुहका इन्द्रबहादुर थापा दोहोरिएका हुन् भने योगिता दाहाल र अमन शाह नव निर्वाचित सञ्चालक हुन् ।

बैंकले हिजो बिहीबार २७ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारणसभाले प्रस्तावित १२ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ३.५ प्रतिशत लाभांश पनि पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS